काठमाडौं- नेपालको ऐतिहासिक तथा पर्यावरणीय रुपले चर्चित टिस्टुङमा सञ्चालित ॐ अध्याय रिट्रिटमा सप्ताहव्यापी ‘गर्मी महामेला–२०८१’ (Summer Splash week-2024) आयोजना हुने भएको छ ।
विगत ९ वर्षदेखि फरक स्वाद र सन्तुष्टी प्रदान गर्दै आइरहेको रिट्रिटले आगामी असार १ गतेदेखि ६ गते (15th june-20th june) सम्म महामेला संचालन गर्न लागेको हो ।
पर्यटकीय दृष्टिकोणले चर्चित चन्द्रागिरी र दामनको काखमा अवस्थित मकवानपुरको थाहा नगरपालिका ६ मा अवस्थित यस रिसोर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बढ्दो गर्मीलाई लक्षित गर्दै यो महामेला आयोजना गर्न लागेको संचालक अर्जुनसिंह ठकुरीले जानकारी दिनुभयो । महामेलामा काठमाडौंदेखि टिस्टुङ आवतजावत गर्न निःशुल्क बसको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । “यसका साथसाथै ॐ अध्याय रिट्रिटमा निःशुल्क स्विमिङको प्रवन्ध पनि मिलाएका छौं ।” उहाँले भन्नुभयो ।
महामेलामा सहभागि हुनेहरुका लागि रिसोर्टले बिहान ८ बजे छुट्ने गरी काठमाडौंबाट आरामदायी बसको व्यवस्था गरेको छ । बस छुटेको करिव डेढ घण्टामा टिस्टुङ पुगेर स्विमिङ गर्न सकिने रिसोर्टले जनाएको छ । त्यसपछि दिनभर घुमफिर गरेर साँझ ५ बजे पुनः सोही बसमामार्फत काठमाडौं फर्किने व्यवस्था पनि मिलाएको छ ।
यसका साथसाथै सो दिन ॐ अध्याय रिट्रिटमै बसेर (Over Night Stay) भोलिपल्ट फर्किन चाहनेहरुका लागि पनि निःशुल्क बसको व्यवस्था मिलाएको संचालक ठकुरीले जानकारी दिनुभयो । केही दिन टिस्टुङमै घुमफिर गर्न चाहनेहरुका लागि पनि आवश्यक सम्पूर्ण सेवासुविधा उपलब्ध गराउँने रिसोर्टले जनाएको छ ।
टिस्टुङ घुम्न जान मन लाग्दा लाग्दै पनि सवारीसाधन र आर्थिक समस्याले जान नपाएकाहरुलाई यस योजनाले राहत मिल्ने ठकुरीको भनाइ छ । यो महामेलाले आन्तरिक पर्यटकहरुमा घुमफिरको संस्कार विकास हुनेछ उहाँ आशावादी हुनुहुन्छ ।
रिसोर्ट अन्य प्याकेजहरु भन्दा यो बिल्कुनै फरक प्याकेज हो । ‘नेपालमा पर्यटन प्रवद्र्धन नै हाम्रो मूल लक्ष्य भएकाले रिसोर्टका अन्य प्याकेजहरुमा पनि ३० प्रतिशत छुटको अफर ल्याएका छौं । नविन सोचका साथ संचालनमा रहेको यस रिसोर्टमा अब हरेक वर्ष यस्तो महामेला आयोजना हुने घोषणा पनि गर्दछौं ।’ रिसोर्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
के के छ सुविधा ?
ॐ अध्याय रिट्रिट, नेपाल सरकारबाट थ्रीस्टारको मान्यता प्राप्त रिसोर्ट हो । यस रिसोर्टमा रहेको स्विमिङ पुल काठमाडौं वरिपरिकै सबैभन्दा ठूलो स्विमिङ पुल हो । रिसोर्टले पर्यटन क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै थाहा नगरपालिकाले पनि अवार्ड प्रदान गरेको छ ।
स्वच्छ पर्यावरण र शान्त वातावरणमा अवस्थित यस रिसोर्ट, चन्द्रागिरि, चित्लाङ, दामन पालुङ र कुलेखानीको काखमा अवस्थित छ । २२ रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको ॐ अध्याय रिट्रिट मा नेपाल सरकारले तोकेको सुविधासम्पन्न ४६ (थ्री स्टार) कोठाहरु छन् । यहाँ आउटडोर तथा इन्डोर गेम्स, हर्स राइडिङ, सुन्दर बगैंचा, चिल्ड्रेन पार्क, स्पालगायतको सुविधा रहेको छ ।
रिट्रिटमा २ वटा रेष्टुरेन्ट एण्ड वार, स्विमिङ पूल, स्नुकर, ब्याडमेन्टन, टीटी, भलिबललगायतको सुविधा छ । पर्यटकहरुलाई थप मनोरोञ्जन दिलाउनका लागि हामीले क्याम्पफायर, लाइभ म्युजिक, डिजे र पुल पार्टीको व्यवस्था पनि छ । पर्यावरणसँग रमाउन चाहने पर्यटकहरुलाई मध्यनगर गर्दै हाइकिङ, साइटसिइङ तथा बोटिङको व्यवस्था पनि गरिएको छ । रिसोर्टमा अफिसको तालिम, गोष्ठी, सेमिनारलगायतका विविध कार्यक्रमहरुका लागि पनि आवश्यक सम्पूर्ण सुविधा उपलब्ध छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट चन्द्रागिरि डाँडाको शितल यात्रा र त्यससँगै चर्चित चित्लाङको अवलोकन गर्दै करिव डेढ घण्टाको यात्रापछि रिसोर्ट पुग्न सकिन्छ । यदि तपाईलाई लामो दुरीको यात्रा मन पर्छ भने नौबिसे, बाइरोडको बोटो हुँदै नमुना गाउँ गोपाली बस्ती कुन्छालको अवलोकनसँगै रिसोर्ट पुग्न सकिन्छ । यस्तै तपाई दक्षिणकाली, फर्पिङ हुँदै कुलेखानीको सुन्दर दृश्यावलोकन गर्दै पनि रिसोर्ट पुग्न सकिन्छ ।
टिष्टुङको विशेषताः
नेपालको इतिहास बुझ्न नपुगी नहुने ठाउँ पनि हो, टिष्टुङ जहाँ ३ वटा लिच्छवीकालिन अभिलेख पढ्न पाइन्छ । टिष्टुङमा नेपालको पहिलो शाषक गोपाली समुदायको नमुना वस्ती कुन्छालको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँ हिमवतखण्डमा उल्लेखित ६४ शिवलिंगमध्ये ३ वटा यहाँ पाइएको छ ।
यस्तै मनकामना, बज्रवाराहीलगायत दर्जनौं मठमन्दिरको अवलोकन तथा दर्शन गर्न पाइन्छ । यसका अलावा आसपासका दामन, सिमभञ्ज्याङ, चित्लाङ, कुलेखानी, भेडाफार्मलगायत सुन्दर ठाउँहरुको भ्रमण गर्न सकिन्छ ।
महामेलामा कसरी सहभागि हुने ?
महामेलामा सहभागि हुनका लागि रिसोर्टको फेसबुक पेज (Om Adhyay Retreat-Resort) मा गएर नाम दर्ता गराउन सक्नु हुन्छ । साथसाथै फोन नम्वर ९८५१२१३०५८, ९८४१२९७९४६, ९८६३९२९६१२ मा सम्पर्क गर्न सकिने जनाएको छ ।