काठमाडौं – मकवानपुरको थाहा नगरपालिकाले वडा न. ६ बज्रवाराहीमा संचालित ॐ अध्याय रिट्रीटलाई ‘थाहा आर्थिक समृद्धि’ पदक प्रदान गरेको छ । नगरपालिकाको दसौं स्थापना दिवसको अवसरमा बुधबार एक समारोहबीच मेयर विष्णु विस्टले रिट्रीटका सन्चालक अर्जुनसिंह ठकुरीलाई उक्त पदक प्रदान गरेका हुन् ।

पदक प्राप्त गरेपछि सन्चालक अर्जुन सिंह ठकुरीले थप जिम्मेवारवोध महशुस भएको बताउनु भयो । सबैको साथ, सहयोग र हौसलाले नै यो सम्भव भएको भन्दै उहाँले आभार ब्यक्त गर्नुभयो ।
सहुलियत मूल्यमा अत्याधुनिक सुविधा प्रदान गर्दै आएको यस रिट्रीट पछिल्लो समय थाहानगरकै चिनारी बन्न थालेको छ ।
यसैबीच थाहा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई पनि विभिन्न पदकबाट सम्मान गरेको छ ।
नगरपालिकाका मेयर विष्टले पूर्वमेयर लवसेर विष्ट र पूर्वउपमेयर खड्गबहादुर गोपालीलाई थाहा सेवा पदक प्रदान गरे । ‘थाहा आर्थिक समृद्धि’ पदकबाट पर्यटन उद्यमी श्याम विष्ट र थाहा संस्कृति तारा पदक टीकालाल कर्माचार्यलाई प्रदान गरिएको छ ।
२०७१ जेठ ९ गते नगरपालिकाको कार्यालय स्थापना गरेर काम थालनी गरिएको थियो । यस पालिकामा १२ वटा वडा छन् ।