Nexkhabar

हिमानीको ‘भाइरल’ अन्तर्वार्ताः करका कुरादेखि समृद्धिका सपनासम्म

पूर्व युवराज्ञी हिमानी शाह यतिबेला चर्चामा छिन् । हिमानी र अभिनेतृ मनीषा कोइरालाबीचको कुराकानी अहिले सामाजिक सञ्जाल भाइरल भईरहेको छ ।

दुई नारीको हाँसो, मन्द मुस्कन, गहन विषयवस्तु र शालिन प्रस्तुती इत्यादि कारण यो अन्तर्वार्ता सार्वजनिक भएको केहि दिनमै लाखौं पटक हेरिएका छन् ।

‘भीएफवाई टक्स’ नामको युट्युब च्यानलमा प्रशारित कुराकानीमा दुबैले व्यक्तिगत जीवन संघर्षदेखि राजनीति र विकासका कुरा साटासाट गरेका छन् । कुराकानीका क्रममा हिमानीले आफनो बाल्यकालदेखि अहिलेसम्मका मात्रै नभएर भविष्यका योजनाहरु समेत सार्वजनिक गरेका छन् । भिडियो अन्तर्वार्ताका क्रममा हिमानीले अभिव्यक्त गरेका महत्वपूर्ण विषयहरुलाई उनकै शब्दमा अक्षरमा उतारेका छौं ।

म एकल अभिभावकबाट हुर्किएँ । आमा चाँडै बित्नुभयो । बुवाले नै सबै कुरा हेर्नुभयो । म ६ वर्षकी छँदा आमा स्वर्गे हुनु भयो । हामी तीन जना दिदीबहिनी साथीजस्तै भएर हुर्कियौं ।

तीन जनामा म पढाइमा कम थिएँ होला । जेठी दिदी मनोविज्ञ, बहिनी छालारोग विशेषज्ञ हुनुहुन्छ । मैले भने १२ कक्षासम्म मात्र पढेँ । त्यसपछि बिहा भइहाल्यो ।

बालबालिकाहरुलाई आफनो इच्छा र क्षमता अनुसार पढाउनु पर्छ भन्ने मेरो मान्यता हो । मेरो बच्चाहरुले पनि आफनो इच्छा अनुसारका विषय छानेर पढेका छन् ।

म दोलखाको नाम्दु गाउँमा जाँदा हिमानी ट्रष्ट स्थापना गर्ने सोच आयो । त्यँहाको नाम्दु भन्ने गाउँमा खानेपानीको समस्या रहेछ । त्यहाँ पाइप लिएर जाने क्रममा धेरै झन्झट भोग्नु प-यो ।  अनि सस्ंथा बनाएर काम गर्ने निधो गरेँ ।

हामीले बाढी पहिरो पीडितका लागि सेल्टर होम बनाउने र नमुना गाउँ बनाउने सोचका साथ काम गरिरहेका छौं । हामीले देशलाई जति दिनुपर्ने हो त्यो दिन सकेका छैनौं । हामीमा दुरदर्शिताको खाँचो छ ।

दिदिबहिनी चाहिँ भारतमा जन्मिएप नि म भने यहि जन्मे र यही हुर्के । त्यसैले मलाई नेपाल औधी मन पर्छ । म नेपालको धेरै ठाउँमा गए, धेरै नेपालीको धेरै खालका समस्या गुनासाहरु सुनेँ ।

नेपाली जनता पक्कै पनि खुशी त छैन कि जस्तो लाग्छ । समस्या धेरै नै छन् । अहिले सबै मिलेर नेपालको बारेमा सोचेनौ. भने धेरै गाह्रो हुन्छ जस्तो लाग्छ ।

नेपाल कृषि प्रधान देश तर अहिले कहाँ छ ? गाउँघरमा कति उत्पादन भएको छ त्यो हेरेरमात्रै आयात गर्ने हो कि जस्तो लाग्छ । हामो देशमा पाकृतिक स्रोतसाधन कति छ तर त्यसलाई सदुपयोग गर्न सकेका छैनौं । तराइ पहाड हिमाल मिलेर बनेको देश । विकास सँगै संरक्षणको खाँचो छ । त्यसलाई सदुपयोग गर्न सके मात्रै देश मजवुत हुन्छ ।

हामी जलस्रोतमा धनी  छौं । तर त्यसको क्षमता र फाइदाको बारेमा अनुसन्धान गरेका छौ त हामीले ? अहिले कतिपय देशले हामीलाई भिसा लगाउनुपर्ने बनाएको छ । पहिलो त्यस्तो अवस्था थिएन । हामीले सरकारलाई कर तिर्छाै तर त्यो कहाँ गईरहेको छ ? नागरिकले त्यो जान्ने इच्छा गर्नुपर्छ । त्यो इच्छा हुनुपर्छ ।

म कुनै पनि काम मनबाटै गर्न खोज्छु । र, दुखमा नआतिने र सुखमा नमातिने त्यो नैतिक शिक्षाको आधारमा म अघि बढने गर्छु । गर्न सक्ने गर्नुपर्छ । आतिएर, रोएर, कराएर कहिँ पनि पुगिदैन । जति पनि जे आउँछ त्यो भोग्दै जाने हो, लक्ष्य छोडन हुन्न ।

खुसी, दुःख भन्ने कुरा आफैभित्र हुन्छ । मृगले कस्तुरी खोजे जस्तो भौतारिनु हुन्न । भगवानलाई विश्वास गर्छु । म सनातन धर्मलाई विश्वास गर्छु । भगवान भनेको विश्वास हो । मानिसलाई त्यो विश्वासबाट निकाल्दा जिउँने बाटो कहाँ जान्छ । धर्म मान्ने मान्छेलाई सत्मार्गमा लैजान्छ जस्तो लाग्छ ।

प्रकृतिले हामीलाई अथाह दिएको छ तर हामीले संरक्षण गर्न सकेका छौं त ? भन्ने कुरा ख्याल गर्नुपर्छ । त्यो सकिरहेका छैनौं । हामी हाम्रो घर सफा राख्छौं, आँगन सफा राख्छाँ,ै अनि रुख काट्छौ । एउटा रुख काटेपछि तीन वटा रोप्नुपर्छ । कमसेकम एउटा त बढ्छ नि । हिमालहरु नाँगिएका छन् । भन्नलाई ‘ग्लोवल वार्मिङ’ भन्छौ । होला त्यो पनि तर त्यसका लागि हामीले के गरेका छौं । ‘हरियो बन नेपालको धन ‘भन्थ्यौ अहिले खै हामो हरियो बन ? यसमा पनि हामीले सोच्न पर्छ कि जस्तो लाग्छ ।

पर्यटनका लागि नै बस्तीहरुको अध्ययन गरेर बनाउन पर्छ । सगरमाथा फोहोर भएर कति बन्द गर्न पर्याे । त्यतातिर सोच्न पर्छ । विकास गर्दा प्रकृतिलाई पनि हेरेर अघि बढ्नुपर्छ । प्रकृतिबाट एउटा चिज लियो भने त्यसलाई दिनु पनि पर्छ । देशलाई सुहाउँदो विकास हुनुपर्छ ।

सबैजनालाई भेटौँ भने चाहना छ । ठाउँठाउँमा जान्छु । म भाग्यमानी छु, मैले माया पाए । नेपाल सानो छ, यहाँको भौगोलिक अवस्था राम्रे छ ।
ऋहिले युवापुस्ता धमाधम बाहिर गईरहेका छन । यसलाई कसरी रोक्ने भनेर सोच्ने बेला आएको छ । नेपालमै अवसर दिन सक्यौं भने यो क्रम रोकिन सक्क्छ । त्यसैले अब देशका लागि सोच्नु प-यो ।

अरुलाई दोष लगाउन काम नगरौं ।  बरु काम गर्नतिर ध्यान दिउँ । नेपाली नैतिक शिक्षा, इतिहास पढाएका खै ? हाम्रो मौलिकता, संस्कृति बच्चाहरुलाई सिकाएको खै ? बाहिरका कुराहरु चाँहि सिकिन्छ, हामीले हामीसँग भएको कुरा सिकाएको चाहिँ खै ? त्यो पनि ख्याल गर्नुपर्छ । कति परम्परा, संस्कृति, भेषभुषा छ त्यसलाई जोगाएर नराख्दा भुलेर जाने त होइन भन्ने चिन्ता छाएको छ ।

एक जना महिलाले धेरै कुरा हेरेको हुन्छ । बच्चाहरुलाई राम्रो संस्कार दिन्छ । घर पनि हेरेकै हुन्छ । बाहिर काम पनि गरेकै हुन्छ । काम कुनै पनि सानो ठूलो हुँदैन ।

हामी सबैको लक्ष्य त एउटै हो । कसरी देशलाई माथि उकास्न सक्छ भन्ने नै हो । भलै सिद्धान्त फरक होला । तर, सहमति दिन सक्नुपर्छ । सबै जनाले देश र जनताको बारेमा सोचिदिए हुन्थ्यो । राजनीति निस्वार्थ हुनु प-यो अनि देश माथि पुग्छ ।

नेपाल आफै उभियोस्, सक्षम नेपाल देख्न चाहन्छु । देशको स्रोतसाधनको राम्रोसँग उपयोग गर्न सकौं । जे कुरा पनि बिगार्न एकदम सजिलो छ, तर बनउन गाह्रो छ ।

जनताको माया र आशिर्वाद छ । बुबालाई देशप्रति ठूलो माया छ । उहाँको मर्का कसैले बोलिदिन सकेनौं ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top