काठमाडौं – फ्रेण्डसिप कप टी–२० आई क्रिकेटमा नेपाल घरेलु टोली हङकङसँग नेपाल पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।
नेपाललाई कम स्कोरमा रोक्न एजाज खानले ४ विकेट लिए। इन्सान खानले ३ विकेट लिए। अतिक इकवाल र नर्सुला रानाले समान एक विकेट लिए।
बाबर १ सय १० रन बनाउँदा क्याच आउट भए। ४९ बलमा १ चौका र १३ छक्का हानेका बाबर आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए। एजाज खान २१ रनमा नटआउट रहे।
ओपनर मार्टिन कोट्जे ३१ रन बनाउँदा क्याच आउट भए। २१ बलमा ५ चौका र १ छक्का हानेका मार्टिन आकाशको बलमा प्रतिश जिसीको हातबाट आउट हुन पुगे। कप्तान निजाकत खान शुन्य रनमा नै आउट भए।
अन्सी रथ ३९ रन बनाउँला प्रतिश जिसीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। जानी आंकिसन शुन्य रनमा नै रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। यासमि मुर्तजा शुन्य रनमा नै आउट भए।
टी–२० आई को डेक्यु खेलमा नै आकाश चन्दले ३ विकेट लिए।