काठमाडौं- काठमाडौंको स्वयम्भुस्थित जंगलमा आगलागी भएको छ । मंगलवार करिव १२ बजेर १५ मिनेट जाँदा आगलागी शुरु भएको थियो ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना र ससक्त प्रहरी खटिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मानिस आवतजावत गर्न समेत अप्ठ्यारो ठाउँबाट आगो सल्कीएपछि स्थानीय समेत अचम्मित मानेका छन् ।

स्थानीय कुमार केसीले कसैले चुलोट सल्काएर फालेको हुन सक्ने अनुमान गरे । “त्यहाँ मान्छे जान अप्ठ्यारो छ, तर कसैले चुरोट सल्काएर फालेको हुनुपर्छ ।” उनले भने ।