काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० सय रुपैयाँ रहेको छ ।
महासंघले आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७० रुपैयाँ रहेको जनाएको छ ।