Nexkhabar

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं- आज बुधबार सुनको भाउ हालसम्मकै उच्च पुगेको छ । मंगलबार तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि तोलामा १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ५४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३१ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय २६ रुपैयाँ तोकिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top