Nexkhabar

सुनको मूल्य बढेको बढ्यै, व्यवसायी आन्दोलित

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ।

बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसैबीच व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् ।

अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top