काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ।
सुनको मूल्य आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा किनबेच भएको थियो।
चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ ।