Nexkhabar

सुनको मूल्य एकैदिन २ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौं – नेपाली बजारमा पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top