काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन गत शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।