काठमाडौँ- मंगलबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार तोलाको १ हजार घटेको छ ।
हिजो तोलाको एक लाख २६ हजार रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो १६ महिनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला झण्डै ३२ हजारले बढेको छ । २०७९ कात्तिक १७ गते सुनको भाउ तोलामा ९३ हजार रुपैयाँ थियो । पछिल्ला २६ दिनमा सुनको भाउ ८ हजार ५ सय रुपैयाँले बढेको देखिन्छ । फागुन ३ गते तोला सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ६५ मा झरेको छ ।