Nexkhabar

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ- सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ ।

यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top