Nexkhabar

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, प्रतितोला एक लाख ६० हजार नाघ्यो

काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार र सोमबार र मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बुधबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top