Nexkhabar

सुनको भाउले फेरि राख्यो नयाँ रेकर्ड

काठमाडौं – आज सोमबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढेर नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ । चाँदीको भाउ ३० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ५७० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ६३ रुपैयाँ तोकेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top