सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप आफैँ अनियन्त्रित दुर्घटना हुँदा १२ जना घाइते भएका छन् र २ जनाको अवस्था गम्भीर छ ।
भीमानस्थित आरएनके पोलिक्लिनिक र बर्दिवासको जनसेवा अस्पतालमा पनि घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–११ का पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, राम एकचल सिंह, विवा कुमारी सिंह, चन्द्रकुमारी सिंह र निलम यादव घाइते भएका छन् ।
त्यस्तै, धनुषा मिथिला नगरपालिका घर भएका धिरज सिंह, सोभा सिंह, मन्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते छन् ।
बोलेरो चालक ४२ वर्षीय विनोद कुमाार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।