काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले महिलाको स्वास्थ्यमा सहयोग पुर्याउने प्रयासस्वरूप सिद्धार्थ नारी बचत खाताका प्रयोगकर्ताहरूका लागि ‘पिंक डेबिट कार्ड’ ल्याएको छ ।

महिलालाई लक्षित गरी यो कार्ड प्रयोग गरी गरिने कारोबारका लागि बैंकले सन् २०२४ को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्य कार्यक्रममा कारोबार रकमको ०.१० प्रतिशत रकम योगदान गर्नेछ ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न र महिला स्वास्थ्य सम्बन्धी पहल गर्न यो नयाँ पहल महत्वपूर्ण हुने बैंकको विश्वास छ ।
बैंकले यस कार्डको जानकारी आफ्नो नजिकको सिद्धार्थ बैंक शाखा कार्यालय, बैंकको वेबसाइट वा सिद्धार्थ केयर ग्राहक सेवा केन्द्र मार्फत प्राप्त गर्न सक्ने बताएको छ।