काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापकको ४० हजार २३७.६४ कित्ता शेयर बिक्रीका लागि ल्याएको छ । बैंकले यी शेयरहरू प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न सक्ने गरी बिक्री खुला गरिएको थियो भने त्यो अवधिमा बिक्री नभएपछि दोस्रो चरणमा सर्वसाधारण तथा संस्थाले पनि किन्न सक्ने गरी बिक्रीमा राखिएको थियो ।
यी शेयर किन्न चाहनेले आगामी ३५ दिनभित्र नारायणहिटी पथमा रहेको बैंकको मुख्यालयमा निवेदन दिनुपर्नेछ ।