काठमाडौं- यस वर्ष शिखर इन्स्योरेन्सले शेयरधनीलाई कुनै लाभांश दिने छैन ।
कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको नाफा संकलन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक बीमा प्राधिकरणमा पठाएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा १६ प्रतिशत सेयर बोनस दिएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा छ ।