Nexkhabar

शालिन पोखरेलको शव परीक्षण रिपोर्ट: बलात्कार पुष्टि भएन

चितवन-  चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको छात्रावासमा शङ्कास्पद अवस्थामा फेला परेका शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पोस्टमार्टम रिपोर्ट आइतबार चितवन प्रहरीलाई पठाएका हुन् र पोष्टमार्टममा शालिनलाई बलात्कार भएको खुलेको छैन ।

पोष्टमार्टममा संलग्न एक चिकित्सकले बलात्कारको पुष्टि नभएको बताए । पोष्टमार्टममा १४ वर्षीय पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) नभएको खुलेको छ । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोपाल चौधरी, युगेन डोल्मा वालुङलगायत ५ जना फरेन्सिक विज्ञले शालिनको शव परीक्षण गरेका थिए । मृतकका परिवारले उनको शरीरमा चोटपटक लागेको दाबी गर्दै आएका थिए । तर, पोष्टमार्टम रिपोर्टका अनुसार शरीरमा ठूलो चोटपटक भने थिएन ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकृत भन्छन्, “खुट्टामा कोरिएको चोटपटक देखिएको थियो। केही दिनअघि मेलामा गएका बेला चोट लागेको सहपाठीले बताए।”

प्रहरीले घटनाको अनुसन्धानका लागि विद्यालयका प्रधानाध्यापक, उपाध्यापक र छात्रावासका वार्डनलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का ६० वर्षीय बल्हारी देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट अनुसन्धान भइरहेको बताए ।

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है ।’ र ‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’

Loading spinner

प्रतिक्रिया

Scroll to Top