काठमाडौं – सीएफमोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । वि स्मार्ट राइड स्मार्ट नामक अफर यही चैत १५ गतेदेखि वैशाख ३१ गतेसम्म लागु रहने गरी सार्वजनिक गरिएको हो ।
उक्त अफर अन्तर्गत, कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्ती अफर स्वरूप स्क्रयाच गरी ८ हजार एक सय रुपैयाँदेखि ८१ हजार रुपैयाँसम्म छुट पाउन सकिन्छ । यसका साथै ग्राहकले बीमा र हेलमेट पनि निःशुल्क पाउन सक्ने छन् ।
कम्पनीले आफ्ना एक्स्चेञ्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै १५ हजार रुपैयाँ थप मूल्यांकनको व्यवस्था गरेका छन् । एक्स चेन्ज खरिदमा स्क्रयाच कार्डको अफर लागु नरहने कम्पनीले जनाएको छ ।