काठमाडौं – अमेरिका निवासी विश्व रक्तदाताको उपाधी समेत पाएका अर्जुन प्रसाद मैनाली ‘आत्महत्या’को लागि घरबाट हिँडेका छन् । घरमा आफ्नै सालो रमेश र सालोकी श्रीमती अस्मिता नाम गरेका व्यक्तिले यातना दिएको भन्दै उनले ‘सुसाइट नोट’ नै फेसबुकमा लेखेर परलोकको यात्रा गरेको उल्लेख गरेका छन् ।
आफ्नी श्रीमतीको नाममा लामो स्ट्याटस लेखेर मैनाली बेपत्ता भएका हुन् । नेपालमा आत्हत्या गर्ने, रक्त अभाव हुने र विभिन्न विरामीलाई लाखौँ रकम सहयोग गर्दै आएका मैनाली आफै भने यति धेरै पीडामा रहेको उनको स्ट्याटसले देखाउँछ ।
मैनाली बेपत्ता भएपछि उनको अमेरिकास्थित घरमा आफन्तको रूवाबासी चलेको छ। अहिले आफन्तले मैनालीको खोजीका लागि प्रहरी गुहारेका छन्। मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित छन्। उनले नेपालदेखि कयौं अफ्रिकी मुलुकमा समेत पुगेर रगतदान गरेका छन्।
उनलेे नेपाल, भारत, क्यानडा, बेलायत,घाना, मकाउ, बर्मुडा, आयरल्याण्ड, अष्ट्रेलिया, , इक्वेडर, हाइटी, युगाण्डा, थाइल्यान्ड,इथिओपिया, मलावी, रुवान्डा, केन्या, अर्जेन्टिना र मेक्सिको पुगेरसमेत रक्तदान गरिसकेका छन्।
काभ्रेपलाञ्चोकको कोटथुम्का, सिपाली पुर्ख्यौली थलो भएका उनले हालसम्म २०६ पटकमा १०२ लिटर रक्तदान गरेर अरूको जीवन बचाउन भूमिका खेलेका छन्।
उनले सामाजिक संजालमा श्रीमती तारालाई संबोधन गर्दै यस्तो लेखेका छन् ।