Nexkhabar

वर्ल्डलिंक कम्युनिकेशनले पायो नयाँ लाईसेन्स

काठमाडौँ – वर्ल्डलिंक कम्युनिकेशनले नयाँ लाईसेन्स पाएको छ । कम्पनीले सरकारलाई बुझाउनु पर्ने २ अर्ब बढी बक्यौता रकम बुझाएपछि नेपाल दूरसंचार प्राधिकरणले कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको नयाँ लाईसेन्स दिएको हो ।

नेपाल दूरसंचार प्राधिकरणको संचालक समितिले कम्पनीलाई १० वर्षको लागि नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । यस संगै ७ महिना लाईसेन्स बिहिन भएको नयाँ लाइसेन्स पाएको हो ।

कम्पनीले २०५५ साल चैतमा इमेल र इन्टरनेट सेवाको लाईसेन्स लिएको थियो ।  सो लाईसेन्सको अवधि २५ वर्षको थियो । २५ वर्षे लाईसेन्सको अवधि २०८० चैत मै सकिएपनि बक्यौता विवादका कारण सरकारले कम्पनीलाई लाईसेन्स दिएको थिएँन, र कम्पनी बिना लाईसेन्स चलिरहेको थियो ।

तर कम्पनीले केहि साता अघि सरकारलाई २ अर्ब १५ करोड रुपैयाँ बक्यौता राजस्व बुझायो। इन्टरनेटको मर्मतसम्भार र मेन्टेनेन्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क तिर्न नपर्ने दाबी गर्दै आएको कम्पनीले सर्वोच्च अदालतले उक्त चार्जमा पनि रोयल्टी र आरटीडीएफ शुल्क लाग्ने भनिदिएपछि एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बक्यौता तिरेको हो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top