Nexkhabar

लघुवित्त पीडितहरू संसद भवन प्रवेश

काठमाडौं- लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। सोमबार दिउँसो उनीहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन्। लघुवित्त पीडितहरूले संसद परिसरमा नाराबाजी गरेका थिए।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top