काठमाडौं- रुस जान ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ । रुस युक्रेन युद्धमा नेपालीहरु मारिएपछि सरकारले नो अब्जेक्सन लेटर’ अनिवार्य गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै व्यवसायिक कामले कोही नागरिक रुस जानुपर्ने भएमा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि बताएका छन् ।