काठमाडौँ- नेपाल राष्ट्र बैंकले फागुन २७ गते २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन गरी तीन किसिमका कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल जारी गर्नेछ र राष्ट्र बैंकद्वारा फागुन २९ गते मंगलबार वितरण हुनेछ ।
तर, राष्ट्र बैंकले ट्रेजरी नयाँ नभई पुरानो नविकरण गर्न लागेको बताएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
२८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ५० करोड र ३६४ दिनको ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।
यसअघि राष्ट्र बैंकले फागुन २१ गते १३ अर्ब रुपैयाँ ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।