Nexkhabar

रातिदेखि भारी वर्षा, कस्तो रहला दिनभरको मौसम !

काठमाडौं – शुक्रवार रातिदेखि नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही ति तीन प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

शनिबार दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

थोरै स्थानहरूमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको र चार प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको पूर्वानुमान् छ।

राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top