Nexkhabar

यौन जीवनलाई स्वादिष्ट बनाउने ११ टिप्स

हरेक प्राणीका लागि उत्तिकै आवश्यक जैविक गुण हो, यौन । अझ चेतनशील र सामाजिक प्राणी मावन जातिका लागि त सफल यौन जीवनशैली अपरिहार्य हुन्छ । असन्तुष्ट यौन सम्वन्धले व्यक्तिको जीवनशैलीमा नै प्रभाव पर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसो भए सन्तुष्टपूर्ण यौनजीवनका लागि के गर्ने ?

तनावरहित

तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस्। जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न। तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौन क्रीडा चाहेजस्तो हुँदैन।

खानामा चिल्लो कम

चिप्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनाङ्ग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ। जसले गर्दा कामोत्तेजना जाग्दैन। कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन। त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस्।

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्।

व्यायाम

व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ। हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ।

थाइराइडबाट जोगिऔं

छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस्। किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ। यो रोगले यौनेच्छामा कमी र गर्भ क्षमतामा ह्रास ल्याउने गर्छ।

नाइट डेटिङ

सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ। यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस्। सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस्।

घरको काम बाँडफाँड

राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस्। यसो गर्दा आत्मीयता बढ्छ। रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ।

ढोका बन्द

सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुुस्। कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन्। ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन्। जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ।

रुटिन अफ सेक्स

दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस्। यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ।

लुब्रिकेन्ट

प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन्। उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस्।

सम्बन्धको निरीक्षण

बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ। एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन्।

गर्भनिरोधक औषधि

दम्पतिले गर्भनिरोधक साधन तथा औषधि लिएको हुनसक्छ। शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ। लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ। जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top