Nexkhabar

मोरङमा बोलेरो जिपलाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

मोरङ- पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोट अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरो जिपलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपर नम्बर प्र१ख ९६७६ ले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसलाई ठक्कर दिँदा सोही दिशाबाट आउँदै गरेको मे१जे २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँकी ४४ वर्षीया गीता खनाल रहेका छन् । घाइते ५ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक दाहालले जानकारी दिए । उनीहरुको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top