सुनसरी- सुनसरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ सुनसरी रामधुनी नगरपालिका–४ मानपुरमा १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।