Nexkhabar

मेयर र कर्मचारीसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित कर्जन्हा नगरपालिकाका तत्कालीन प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतो, निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जे।भी।का आधिकारिक प्रतिनिधि बैजनाथ यादवबाट पनि एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सरह नै जरिवाना र बिगो असुलउपर हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिवादीहरूले आर्थिक वर्ष २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको उजुरी परेको थियो। सोबारे अनुसन्धान हुँदा तत्कालीन नगर प्रमुख पासमान र निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले अनियमितता गरेको भेटिएको आयोगले जानकारी दिएको छ।

पालिका भवनबारे विवाद भएपछि उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्न नगराउन आदेश दिएको थियो। तोकिएको साविक कर्जन्हा गाविसको कार्यालय रहेको स्थानबाट नगरपालिकाको कार्यालय संचालन गर्न पनि अदालतबाट आदेश भएको थियो। सो आदेशको परिपालन नगरी साथै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६९३० मा व्यवस्था रहेको सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रतिवादीहरूले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजहरूउपर एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनले निर्देश गरे अनुसार दफा ३९१०९झ० र ३९१० बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइएको आयोगले जानकारी दिएको हो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top