Nexkhabar

मेयर निर्वाचित भएको दुई वर्षपछि व्यासको मतगणना बदर, पुनः मतगणना हुने

पोखरा- निर्वाचित भएको २ वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना बदर गरेको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाएको मुद्दामा न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेलको संयुक्त इजलासले मंगलबार मेयर पदको मतगणना बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो ।

अदालतका रजिष्ट्रार अच्युत कुइँकेलको संयोजनमा पुनः मतगणना गर्न आवश्यक कर्मचारी लगायत उपलब्ध गराउन पनि आदेशमा भनिएको उपरजिष्ट्रार रामबहादुर थापाले बताए।

२०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मत गणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए। उनले दिएको रिट निवेदनमा दाबी पुग्ने भन्दै अदालतले उक्त फैसला गरेको हो।

व्यास नगरपालिकाको मेयर पदमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका थिए। उनले जोशीलाई २५२ मतले पराजित गरेका थिए।

Loading spinner

प्रतिक्रिया

Scroll to Top