Nexkhabar

मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि…

काठमाडौं-  महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले आफूलाई मेयर डा‍.दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा कार्यालय प्रवेशमा रोक लगाएको आरोप लगाएकी छन् ।

मंगलबार बिहान कार्यालय प्रवेश गर्न खोज्दा मेयरले गेटमै ताला लगाउन लगाएर आफूलाई कार्यालय प्रवेश गर्न नदिएको उपमेयर महतोले भिडिओमार्फत गुनासो गरेकी हुन् ।

मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरेको भन्दै आफूले रजिस्टर नियन्त्रणमा लिएपछि आफूलाई कार्यालय प्रवेश गर्न नदिएको उपमेयर महतोले आरोप लगाइन् ।

‘आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगे । तर, भित्र प्रवेश गर्नै दिइएनन् । वातावरण ठिक थिएन । म फर्किएँ । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिइएको छैन’, उपमेयर महताले बताइन् । मेयर र उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top