Nexkhabar

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले तीन लाख बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय धरान, सुनसरीमा पेस गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top