Nexkhabar

माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र डडेल्धुरा जिल्लामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा ब्याट्रीले माछा मार्ने क्रममा मंगलबार दिउँसो करेन्ट लागेर डोटी जोरयाल गाउँपालिका–१ बस्ने ३० वर्षीय राजु विकको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापा- यता झापाको बाह्रदर्शी गाउँपालिका–६ मिलनचोकका २८ वर्षीय बुद्धराज लिम्बुको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँमा रहेको खेतको खाल्डोमा जमेको पानीमा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top