काठमाडौं – माछापुच्छ्रे बैंक मार्फत डिजिटल कारोबार हुन सकेन भने चिन्ता लिनु पर्दैन । बैंकले मोबाइल बैंकिङ एप र वेबसाइट मार्फत बैंकलाई असफल कारोबार रिपोर्ट गर्ने सुविधा ल्याएपछि यो चिन्ता हट्नेछ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असफल कारोबार रिपोर्ट गर्न सक्नुहुन्छ र रिपोर्टको प्रक्रियाको चरणमा अद्यावधिक हेर्न सक्नुहुन्छ। साथै, असफल कारोबारको समस्या समाधान गरेपछि, फिर्ताको बारेमा जानकारी ग्राहकलाई टेक्स्ट म्यासेज र इमेल मार्फत पठाइन्छ।
आधुनिक प्रविधिको प्रवद्र्धन, विकास र कार्यान्वयनमा अग्रणी बैंक भएको दाबी गर्दै आएको माछापुच्छ्रे बैंकले डिजिटल कारोबारको संख्या दिनप्रतिदिन बढ्दै गएको र ग्राहकको कारोबारलाई थप प्रभावकारी, सफल र फुर्तिलो बनाउने उद्देश्यले यस्तो सुविधा ल्याएको जनाएको छ ।
स्मार्ट बैंकका रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका साधन तथा उपकरणहरु उपलब्ध गराउँदै आएको छ र विभिन्न डिजिटल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय नगईकन सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ ।