काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइनमा रहेको शेयरको अवधि फागुन १३ गतेदेखि सकिने भएको छ । कम्पनीले २०७७ साल माघ ३० गतेदेखि फागुन ५ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो ।
सर्वसाधारणमा आईपीओ निष्कासन गरी बाँडफाँट गरेको मितिदेखि ती वर्ष समाप्त नभएसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था बमोजिम लकइनमा राखिएको थियो । कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार कित्ता शेयर लकइनमा रहेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम भने संस्थापक शेयरधनीतर्फको शेयरको लकइन गत असोज ३० गतेदेखिनै समाप्त भइसकेको भनाई समेत कम्पनीको रहेको छ ।
लकइनपछि सर्वसाधारण शेयर सरह कारोबार हुने उल्लेखित कित्ता शेयरमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने खरीद विक्री गर्न पाउने छैनन् ।