काठमाडौं – २९ औ संस्करणको क्यान इन्फोटेक काठमाडौँमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानको आयोजनामा भृकुटीमण्डपमा मेलाको आयोजना गरिएको हो ।
राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् । इन्फोटेकको उद्घाटन गर्दै मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताइन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी, बजार विस्तार एवं उपभोक्ताको चाहानालाई मध्य नजर गर्दै मेला आयोजना गरिएको क्यानले जनाएको छ ।
मेलामा विभिन्न कम्पनीका १ सय २० वटा स्टल रहेका छन् भने स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । इन्फोटेकमा राखिने नवीन्तम प्रविधि तथा स्थानीय बजारको माग अनुसार विकास भएका सामग्रीले डिजिटल नेपाल निर्माणको अभियानलाई मद्दत पुग्ने महासंघका अध्यक्ष रणजीत पोदारले बताए ।
भिडियो