भक्तपुर- बसको ठक्करबाट भक्तपुरमा उपचारका क्रममा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार चम्हासिङ चोकमा बा.३ ख ६४०६ नम्बरको बसले ठक्कर दिँदा ८५ वर्षीय विष्णुभक्त प्रजापति घाईते भएका थिए ।
प्रजापतिको उपचारका क्रममा गएराति वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए । जगतीबाट लिवाली जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हो ।
काभ्रेको नमोबुद्ध घरका बस चालक २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।