Nexkhabar

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुर-  मकवानपुरको बकैया गाउँपालिका–७ मन्दमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडा सदस्य ४० वर्षीय रामकुमार टिटुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मंगलबार दिउँसो १ः३० बजे घर अगाडि हिड्दै गर्दा एक्कासी बिजुलीको पोल खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको जानकारी दिए त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको
हो ।

मृतक टिटुङको शव अहिले सोही अस्पतालमा राखिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top