काठमाडौ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबिरुद्ध कवाडी ब्यबसायीहरू आन्दोलित भएका छन् । ब्यवसायीहरूले ‘गरि खान देउ’ भन्दै काठमाडौंको बुद्धनगरमा प्रदर्शन गरेका हुन् ।
आफूहरूको ब्यबसाय नै धरापमा पर्ने गरि काठमाडौ महानगरले कदम चालेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा काठमाडौ उपत्यकामा कवाडी सङ्कल गर्ने र ब्यबसायीहरूको सहभागिता थियो ।
प्रदर्शनमा काठमाडौंका स्थानीयको सहभागिता भने देखिदैन ।
महानगरले केही दिन अघि सूचना प्रकाशन गर्दै उपत्यकाभित्र कवाडी गोदाम नराख्न आग्रह गरेको थियो ।