Nexkhabar

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

बाजुरा-  बाजुरामा बुधबार बिहान एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका नजिकैको जंगलमा बुधबार बिहान घाँस काट्न गएकी एक महिलाको भिरबाट खसेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार बुधबार बस्ती नजिकैको डल्लेडी जङ्गलमा घाँस काट्न जाँदा भिरबाट खसेर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउन नपाउँदै साउदको घरमै मृत्यु भएको बताए ।

जिल्लामा बर्सेनि भिरबाट लडेर घाइते भएकाले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउने गरेका छन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top