Nexkhabar

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङ – बागलुङको जैमिनी नगरपालिका-७ मा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटनामा परेको हो।

ग२च ९२४७ पिकअप भ्यान सडकदेखि एक सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top