Nexkhabar

बाँसबारी प्रकरण : अरूण चौधरीसहित तीन जना हिरासतमुक्त

काठमाडौं – बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन्।

सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हिरासतमुक्त भएका हुन्।

तीनै जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिरासतमुक्त गरेको छ। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।

उनीहरूलाई सिआइबीले गत बुधबार पक्राउ गरेको थियो।
Loading spinner

प्रतिक्रिया

Scroll to Top