Nexkhabar

बलामी स्कुटरसहित बेपत्ता, मोबाइल ‘अफ’

काठमाडौं-  चन्द्रागिरिका एक किशोर तीन दिनदेखी सम्पर्कविहिन भएका छन् ।

प्रहरी वृत्त थानकोटका अनुसार टेकानपुर स्थानीय १९ वर्षीय सन्देश बलामी स्कुटरसहित चैत्र २ गते शुक्रबारदेखि सम्पर्क विहिन भएका हुन् । प्रहरीले दिएको जानकारी अनुसार बा.प्र. ०२-०३१ प. ८९९७ नम्बरको स्कुटरसहित बलामी सम्पर्कविहिन भएका हुन् ।

परिवारका सदस्यहरूका अनुसार बलामीले बोक्ने मोबाइल समेत शुक्रबारदेखि नै ‘अफ’ भएको छ । बलामीको खोजी कार्य जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

बलामी कतै देख्नुभएमा नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर  ९८१३०५३५१३ मा सम्पर्क गरिदिन परिवारका सदस्यहरूले सबैमा अनुरोध गरेका छन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top