Nexkhabar

बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत पक्राउ

काठमाडौं- – बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने प्रहरीले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top