काठमाडौँ- आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला एक लाख २५ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।