Nexkhabar

बजेटपछि ह्वात्तैै बढ्यो सुनको भाउ

काठमाडौं – आर्थिक वर्षै २०८१ ०८२ को बजेटपछि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा २ हजार ३ सयले वृद्धि भएको हो ।

बुधबार प्रतितोला १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४० हजार ५ सय निर्धारण भएको छ भने तेजाबी सुनको मूल्य पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार ५ सय ५० मा कारोबार भएकामा आज १ लाख ३९ हजार ८ सयमा कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार २ सय ५० ले वृद्धि भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार १ हजार ९ सय ३० मा कारोबार भएको चाँदी आज १ हजार ९ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top