Nexkhabar

फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं- आइतबार पनि राष्ट्र बैंकले बैंकहरूबाट २१ दिनको लागि ५० अर्ब रूपैयाँ तान्ने भएको छ।

निक्षेप संकलनको बोलकबोलबाट राष्ट्र बैंकले यो रकम खिच्न लागेको हो। गत २१ गते पनि राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ तानेको थियो। एक खर्ब राख्न खोज्दा बैंकहरूले दुई खर्ब राख्न खोजेका थिए। सो समय औसत २.८६ प्रतिशत ब्याजदरमै बैंकहरूले रकम राखेका थिए।

२५ वटा संस्थाले बोलकबोलमा सहभागिता जनाएका थिए। गत २३ गतेसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको कुल दुई खर्ब ८५ अर्ब रूपैयाँ फिर्ता हुन बाँकी रहेको देखिन्छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top