Nexkhabar

फेरि ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौैं- नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा दुई हजार एक सय बढ्दै प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुन हिजो प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि एकैदिन तोलामा ६० रुपैयाँ बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top